इलिप्स स्कुलमा विद्यार्थी मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन जाहेरी
विद्यार्थीका अभिभावक र आफन्तले मंगलबार प्रहरीमा जाहेरी दिएका हुन्। प्रहरीका अनुसार आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ।
काठमाडौं, जेठ २३ : नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) का विद्यार्थीको मृत्यु प्रकरणमा अभिभावकले मंगलबार प्रहरीमा आत्महत्या दुरुत्साहन जाहेरी दिएका छन्।
गत जेठ १७ गते धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ का अभिषेक तामाङ मृत अवस्थामा फेला परेका थिए।
उक्त घटनामा विद्यार्थीका अभिभावक र आफन्तले मंगलबार प्रहरीमा जाहेरी दिएका हुन्। प्रहरीका अनुसार आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ। मृत्यु प्रकरणमा प्रहरीले विद्यालयका प्रिन्सिपल र केही शिक्षकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।
विद्यालयका प्रिन्सिपल र केही शिक्षकलाई पक्राउपछि स्कुल खोल्ने तयारी भइरहेको छ । निजी विद्यालयसँग सम्वन्धित संघ संगठनहरुले विद्यालय बन्द हुँदा अरु विद्यार्थीहरु समस्यामा परेको भन्दै विद्यालय खोल्न सहजीकरण गरिदिन काठमाडौं महानगरपालिकाको शिक्षा विभागलाई आग्रह गरेका थिए।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
