खप्तडको ‘ब्राण्ड एम्बास्डर’ बन्ने रामदेव इच्छा
‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु,’ सम्मेलनमा उनले भने, ‘तपाईँले गरेका हरेक काममा मेरो सहयोग हुन्छ।’
बैतडी, जेठ २३ : भारतीय योग गुरु रामदेवले खप्तडको विकास, प्रचार तथा प्रवद्र्धनको लागि ‘ब्राण्ड एम्बास्डर’ बन्ने इच्छा व्यक्त गरेका छन्। खप्तडमा मंगलवारदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा बोल्दै रामदेवले यस्तो बताएका हुन्।
‘निःशुल्क खप्तडको ब्रान्ड एम्बास्डर बन्छु,’ सम्मेलनमा उनले भने, ‘तपाईँले गरेका हरेक काममा मेरो सहयोग हुन्छ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल वास्तविक कम्युनिस्ट भएको रामदेवले बताए। उनले प्रधानमन्त्री दाहाललाई शान्ति र क्रान्तिका नायक रहेको पनि बताए।
यस्तै, कार्यक्रममा पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णले जीवनमा एक पटक खप्तड हेर्न जानुपर्ने स्थान रहेको बताए।
प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन प्रधानमन्त्री दाहालले नै गरेका थिए। सो कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
