कोशी प्रदेशका माओवादी मन्त्रीले दिए राजीनामा
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरणमन्त्री जीवन आचार्यले राजीनामा दिएका हुन्।
काठमाडौं, जेठ २३ : माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन्।
माओवादी केन्द्रले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरणमन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।
उनीहरुले मंगलबार नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन्। उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए ।
माओवादी र जसपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन्।
प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
