‘व्यापारी जुवाडे होइनन्, छक्का भन्यो, पर्छ कि पर्दैन थाहा छैन, हान्दियो’
मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै ओलीले अनुमानका भरमा लागनी गर्न व्यापारी जुवाडे नभएको बताउँदै सूचना चुहारएर विद्युतीय गाडीको भन्सार बढाइएको आशंका गरे।
काठमाडौं, जेठ २३ : प्रमुखप्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली बजेटमा भन्सार दर बढ्नुअघि ११ सय विद्युतीय मोटर भित्र्याएको विषय संयोगमात्रै नभएको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै ओलीले अनुमानका भरमा लागनी गर्न व्यापारी जुवाडे नभएको बताउँदै सूचना चुहारएर विद्युतीय गाडीको भन्सार बढाइएको आशंका गरे।
‘करको दर बढ्नेवाला थियो त्यसै समयमा ११ सय जति मोटर आए, त्यही आइटममा बढ्छ अनुमानको भर हुन्छ,’ ओलीले भने, ‘व्यापारी जुवाडे होइनन्, छक्का भन्यो, पर्छ कि पर्दैन थाहा छैन, हान्दियो । उनीहरुले यकिनका साथ उनीहरुले लगानी गर्छन्।’
ओलीले करको दर बढ्ने बस्तुहरु मात्र आयत भएको बताउँदै करको दल नियोजित रुपमा बढाइएको आशंक गरे। ‘जसको कर बढ्दै छ भन्ने वस्तु आयो तर कर नबढ्ने वस्तुहरु आएनन्, । कस्तो संयोग हो यो? यो त म थानकोटबाट जाँदै थिए, उहाँ नौबिसेबाट आउँदै थियो ठ्याक्कै बाटोमा भेट भयो भनेको जस्तो हो भयो?’
ओलीले भन्सार दर बढ्ने र मोटरको पैठारी के–कस्तो आकस्मिकता हो ? भन्दै अर्थमन्त्रीलाई प्रश्न गरे । उनले अर्थमन्त्रीको लेफ्ट ह्यान्ड र राइट ह्यान्डको हात कति छ, त्यो भविष्यमा देखाउने कुरा भएको बताए ।
ओलीले बजेटको सन्दर्भलाई लिएर देश विचित्र अवस्थामा रहेको पनि बताए । उनले भने, ‘देश विचित्रको अवस्थामा छ, हरेक वर्ष बजेटमा आउँछ । बजेट शुद्ध मनले, शुद्धपनले देश र देशवासीका लागि आयो कि आएन? बजेट बनाउनेले बनायो कि नबनाउनेले बनायो? तार काटिन्छ, बक्स फुटाइन्छ।’









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

