ओलीको प्रश्न– गाँजा खेती कसलाई चाहियो
‘बटेटमा जनताका कुरा फेन्सी कुराहरू आए। गाँजा खेती कसको स्वार्थमा ल्याइयो? धेरै गरिबका लागि आएको होइन? कसलाई लाइसेन्स लिएको गाँजा खेतीका लागि आएको हो?,’ उनले प्रश्न गरे।
काठमाडाैं, जेठ २३ : गाँजा खेतीलाई औषधिजन्य प्रयोगका लागि अध्ययन सरकारको नीतिमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रश्न उठाएका छन्।
मंगबलबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले कुनै अमूक व्यक्ति तथा समूहको स्वार्थमा गाँजा खेतीबारे अध्ययन गर्ने नीति ल्याएको ओलीको आरोप लगाए।
सरकारले बजेटमार्फत औषधिजन्य प्रयोगनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बताएको थियो । त्यसमा प्रश्न गर्दै ओलीले भने, ‘कसले गर्न खोजिराख्या छ यो गाँजा खेती ? यो कसका लागि गाँजा खेती? अचम्म लाग्छ यो गाँजा खेती कसलाई चाहियो?’
यसलाई ओलीले गठबन्धन सरकारेको ‘फेन्सी योजना’ भएको बताए । उनले कुनै न कुनै समूहको स्वार्थमा ल्याइएको योजनाले सर्वसाधारणलाई फाइदा नहुने ओलीले तर्कए गरे।
‘बटेटमा जनताका कुरा फेन्सी कुराहरू आए। गाँजा खेती कसको स्वार्थमा ल्याइयो? धेरै गरिबका लागि आएको होइन? कसलाई लाइसेन्स लिएको गाँजा खेतीका लागि आएको हो?,’ उनले प्रश्न गरे, ‘बजेटमा धान फलाउने, आलु फलाउने, त्यतापट्टि छैन, गहुँ फलाउने खाद्यान्नमा आत्म निर्भर बनाउने कुरा छैन, कसले गर्न खोजिरहेको छ, गाँजाखेती? अचम्म लाग्छ, गाँजाखेती कसलाई चाहियो?’
ओलीले आम नागरिकको जीवनस्तर सुधार्न भन्दा पनि अमुक व्यापारीलाई पोस्ने स्वार्थले गाँजा खेती अघि सारिएको उनले बताए। उनले गाँजाको बिउ बोकेर बसेको व्यापारी को हो ? भन्दै प्रश्न पनि गरे।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

