Kathmandu Press

ओलीले भने– कसम खानेहरू बडाे खतरनाक हुन्छन्, धन्न अर्थमन्त्रीले कसम खानुभएन

मंगलबारको प्रतिनिधिसभा बैठकम बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले अर्थमन्त्रीले रोस्ट्रममा कसम नखाएको भन्दै कसम खानेहरु बडाे खतरनाक हुने बताए।
ओलीले भने– कसम खानेहरू बडाे खतरनाक हुन्छन्, धन्न अर्थमन्त्रीले कसम खानुभएन

काठमाडाैं, जेठ २३ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले कसम खानेहरू खतरनाक हुने बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकम बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले अर्थमन्त्रीले रोस्ट्रममा कसम नखाएको भन्दै कसम खानेहरु बडाे खतरनाक हुने बताए।

अध्यक्ष ओलीले अर्थमन्त्रीले दिएको संसदमा दिएको जवाफमा शंकाको सुविधा दिन सकिने बताएका छन्। बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा सांसदहरुले प्रश्न उठाएपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदमा त्यसको जवाफ दिएका थिए।

‘अर्थमन्त्रीले जवाफ दिनेक्रममा कसम खानु भएन । कसम खानेहरु बडाे खतरनाक हुन्छन्। ‘त्यसकारण अर्थमन्त्रीज्यूलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ,’ ओलीले भने।

ओलीले करका दरमा भने प्रश्न रहेको बताए। उनले अर्थमन्त्रीको भनाइबाट त्यस्तो देखिए पनि करका दर हेर्दा भने संका गर्न सकिने बताए। एक हजार १०० गाडी एक दिनअघि भित्रिएको भन्दै त्यसले संका जन्माएको बताए।

उनले अगाडि भने, ‘उहाँले भनेको कुरा नै साँचो होस्, अखबारमा आएका साँचा नहुन् ।’ तर आगामी दिनमा सतर्कताका साथ हेर्ने र करका दरहरुसँग व्यापारीको अनुहार खोज्ने उनले बताए ।

प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्