अर्थमन्त्री डा.महतले भने– इमानदार भएर काम गर्न कठिन रहेछ
‘इमानदारितामा एक इन्च पनि हल्लिएको छैन, इमानदार भएर काम गर्दा कठिन हुने रहेछ ।’
काठमाडौं, २३ जेठ : बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा अर्थमन्त्री प्रकाशशरण महतले संसदमा जवाफ दिएका छन्।
प्रमुख प्रतिपक्ष नेकपा एमाले, रास्वपा, राप्रपासहित विपक्षी दलहरुले संचारमाध्यममा आएका समाचारका आधारमा अनधिकृत व्यक्तिलाई राखेर करका दर हेरफेर गरेको भन्दै प्रश्न उठाएपछि अर्थमन्त्री डा.महतले बजेट निर्माणको सन्दर्भमा उठेका प्रश्नमा जवाफ दिएका हुन् ।
संसदमा जवाफ दिने क्रममा अर्थमनत्री डा.महतले इमानदार भएरका गर्न कठीन भएको बताए। उनले भने, ‘इमानदारितामा एक इन्च पनि हल्लिएको छैन, इमानदार भएर काम गर्दा कठिन हुने रहेछ ।’
अर्थमन्त्री डा.महतले कुनै पनि प्रभावबाट मुक्त भएर, पारदर्शी ढंगबाट काम गरेको दाबी पनि गरेका छन् । ‘विचौलियालाई छेउमा पनि आउन दिएको छैन । विभिन्न फोरमबाट सुझाव दिए। हामीले सुनेका पनि छौं,’ उनले भने, ‘इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ। एउटा पत्रिकाले समाचार पटक पकट दोहोर्याउँछ। हामी त्यसलाई सत्यता ठान्छौँm तर हामी कसम खाएर बसेकालाई पत्याउदैनौं।’
यस्तै मिडियामा असत्य खबर सार्वजनिक भएको पनि अर्थमन्त्री महतले बताए। आफूले इमानदार भएर बजेट ल्याए पनि प्रश्न उठाइएको भन्दै उनले दुःख व्यक्त गरे।
अर्थमन्त्री डा.महतले आर्थिक विधेयक टाइप गर्नका लागि मात्र अवकाशप्राप्त नासुलाई राखिएको बताएका छन् । श्रेष्ठलाई आफू आउनुभन्दा अगाडि नै अघिल्लो सरकारले नियुक्ति गरिएको समेत स्पष्ट पारे । डा. महतले भने, ‘निर्णय प्रक्रियामा मसहित सचिवहरू तथा महानिर्देशक मात्र संलग्न थियौं। हामीले भनेअनुसार टाइप गराउने काम श्रेष्ठलाई गराएका थियौँ।’









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

