अर्थमन्त्रीलाई स्वर्णिम वाग्लेका तीन प्रश्न
डा. वाग्लेले अघिल्लो वर्ष करका नीति हेरफेर भएपछि अर्थमन्त्रीले राजीनामा दिनुपरेको स्मरण गराउँदै बकाइदा कागज मिलाएर, अख्तियारले पनि समाउन नसक्ने गरी भ्रष्टाचार गर्ने काम आगो झैँ फैलिएको बताए।
काठमाडौं, जेठ २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताका विषयमा अर्थमन्त्रीसँग जवाफ माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै डा. वाग्लेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताको समाचारहरुले आफूलाई झस्काएको अर्थमन्त्रीलाई तीन प्रश्न गरेका छन्।
डा. वाग्लेले अघिल्लो वर्ष करका नीति हेरफेर भएपछि अर्थमन्त्रीले राजीनामा दिनुपरेको स्मरण गराउँदै बकाइदा कागज मिलाएर, अख्तियारले पनि समाउन नसक्ने गरी भ्रष्टाचार गर्ने काम आगो झैँ फैलिएको बताए।
अर्थमन्त्रीलाई डा. वाग्लेका तीन प्रश्न यस्ता छन्–
१. यो वर्ष षड्यन्त्रमुलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?
२. एचएस कोडको विज्ञ भनेर संलग्न गराइएको व्यक्तिलाई विधि र प्रकृया पु¥याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ?
३. ३ करोड जनसंख्या भएको देशमा ३०÷३० वर्षसम्म एचएस कोडका दरहरु पाइप गर्न सक्ने जनशक्तिको आकार एक जना वा दुई जना मात्र हुन् ? कि यसमा सिंगो भन्सार प्रणालीको संस्थागत सुधार गरेर डब्लूसीओ नामक अन्तराष्ट्रिय संस्थाको मानक र मथोडोलोजी अबलम्बन गर्न सक्ने सयौं जनाको काडर बनाउन अर्थमन्त्रीको इमान्दार प्रयास होला कि नहोला ?









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

