Kathmandu Press

अर्थमन्त्रीको जवाफ चित्तबुझ्दो नभए संसदीय छानबिन समिति बनाउनुपर्ने एमाले माग

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संसदमा अर्थमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएर संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन्।
अर्थमन्त्रीको जवाफ चित्तबुझ्दो नभए संसदीय छानबिन समिति बनाउनुपर्ने एमाले माग

काठमाडौं, जेठ २३ : अर्थ मन्त्रालयले बजेट निर्माणका क्रममा करका दर हेरफेर गराउन एकजना पूर्वकर्मचारीलाई जिम्मेवारी दिइएको विषय संसदमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संसदमा अर्थमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएर संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन्। प्रतिपक्षी दलहरुले सो विषयको विरोध गरेपछि संसद बैठक झण्डै ३ घण्टा ढिला सुरु भएको थियो।

‘बजेटको भाषण हुनु अघिल्लो दिनमा करका दर हेरफेर गरियो । आशंका गर्ने ठाउँ छ । साना गाडीहरुको भन्सार शुल्क बढाइएको छ,’  गिरीले भने, ‘यो सामान्य विषय होइनm यथार्थ विषय जान्न पाउनुपर्छ। अर्थमन्त्रीले रोष्ट्रममा आएर चित्तबुझ्दो जवाफ दिनुपर्छ, नभए छानबिन समिति बन्नुपर्छ।

प्रकाशित मिति: १४:२७ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्