Kathmandu Press

कोशीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने

एमाले नेतृत्वमा रहेको कोशी प्रदेश सरकारबाट जसपा र माओवादीले समर्थन र्फिता लिएपछि सरकार अल्पमतमा परेको छ।
कोशीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने

मोरङ, जेठ २३ : कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्ने भएको छ। मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्नै सरकार गठनको पहल गर्ने निर्णय गरेको हो।

एमाले नेतृत्वमा रहेको कोशी प्रदेश सरकारबाट जसपा र माओवादीले समर्थन र्फिता लिएपछि सरकार अल्पमतमा परेको छ। सरकार अल्पमतमा परेसँगै कांग्रेसले आफ्नै नेतृत्वको सरकार गठनको पहल गर्ने निर्णय भएको हो।

यता, माओवादीले पनि सोमबार नै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो।

 

प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्