कोशी प्रदेशमा माओवादीले लियो सरकारलाई समर्थन फिर्ता
माओवादी केन्द्र प्रदेश कमिटी र कोसी प्रदेश संसदीय दलका पदाधिकारीसहितको बैठकले सरकार छाड्ने निर्णय गरेको छ।
मोरङ, जेठ २३ : नेकपा (माओवादी केन्द्र) को कोसी प्रदेश कमिटीले मंगलवार नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको छ।
माओवादी केन्द्र प्रदेश कमिटी र कोसी प्रदेश संसदीय दलका पदाधिकारीसहितको बैठकले सरकार छाड्ने निर्णय गरेको छ। माओवादीको यो निर्णयपछि एमालेका हिक्मत कार्कीको नेतृत्वमा बनेको सरकार संकटमा परेको छ।
माओवादीको निर्णय संसदीय दलबाट अनुमोदन हुने प्रक्रियामा रहेको जनाइएको छ। संसदीय दलबाट अनुमोदन भएपछि माओवादीका तर्फबाट सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिएर सरकार छाड्ने छन्।
गत पुस २४ गते कार्की नेतृत्वको सरकार गठन भएको थियो । कार्की नेतृत्वको सरकारलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाको एक सांसदको समर्थन थियो । जनता समाजवादीले यसअघी नै समर्थन फिर्ता लिइसकेको छ ।
प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

