Kathmandu Press

एमाले सांसद महेश बर्तौला भन्छन्– सरकार जवाफ दिन तयार नभएसम्म संसद चल्दैन

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइनु अख्तियार दुरुपयोग र भ्रष्टाचार भएको भन्दै सरकारले त्यसको जवाफ नदिएसम्म संसद चल्न दिने उनले बताए।
एमाले सांसद महेश बर्तौला भन्छन्– सरकार जवाफ दिन तयार नभएसम्म संसद चल्दैन

काठमाडौं, जेठ २३ : करका दल हेरफेरका सम्बन्धमा सरकार जवाफ दिन तयार नभएसम्म संसद एमालेले चल्न नदिने भएको छ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै एमाले सांसद महेश बर्तौलाले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई समावेश गरिएको विषयमा सरकारले जवाफ दिनुपर्ने आफूहरुमा माग भएको उनले बताए।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइनु अख्तियार दुरुपयोग र भ्रष्टाचार भएको भन्दै सरकारले त्यसको जवाफ नदिएसम्म संसद चल्न दिने उनले बताए।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई समावेश गरिएको विषयमा एमालेसहित प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध जनाएपछि मंगलबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म बस्न सकेको छैन।
 
‘करका विषयसँग जोडिएको विषयहरु बाहिर आएका छन्, त्यसमा हाम्रो चासो छ। सरकार यस विषयमा जवाफ दिन तयार हुन्छ भने हामी हाउस चलाउन तयार छौं,’ बर्तौलाले भने ।

सरकार यस विषयमा देश, सदन र जनताप्रति जवाफदेही भएन बैठक चल्न नदिने उनले दोहो¥याए । यस विषयमा अर्थमन्त्रीले संसदमा जवाफ दिनुपर्ने उनले बताए।

बजेट निर्माणमा पनि पूर्वनायब सुब्बा (नासु) लाई संलग्न गराइएको भन्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न उठेको छ। पूर्वकर्मचारीलाई अनुभवका आधारमा करारमा राखेर नियमित सहयोग लिने अभ्यास रहेको सरकारको दाबी छ।

गतिरोध अन्त्यका लागि सभामुखको कार्यकक्षमा अहिले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको अनौपचारिक बैठक चलिरहेको छ। 

अनौपचारिक रुपमै उनीहरुले विरोध गर्ने कुरा गरिसकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन।

प्रकाशित मिति: १३:३४ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्