Kathmandu Press

‘हेर्न नमिल्ने’ मुद्दा हेरेको आरोपसहित कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदीय समितिमा उजुरी

माथिल्लो कर्णालीमा ‘जीएमआर’का वकिल रहेका कार्कीले कामु प्रधानन्यायाधिश भएपछि पनि मुद्दा हेरेर सोही कम्पनीको पक्षमा फैसला गरेकाले प्रधानन्यायाधीश हुन अयोग्य रहेको भण्डारीको भनाइ छ।
‘हेर्न नमिल्ने’ मुद्दा हेरेको आरोपसहित कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदीय समितिमा उजुरी

काठमाडौं, जेठ २३ : प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन बमोजिम ‘हेर्न नमिल्ने’ मुद्दामा सुनुवाई गर्दै फैसला गरेको आरोपसहित संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।

जलस्रोत अभियन्ताका रुपमा चिनिने रतन भण्डारीले कार्कीविरद्ध संसदीय समितिमा उजुरी दिएका हुन्। कार्कीले पदमा हुँदा पदीय आचरण, सामान्य विधिशास्त्रीय प्रचलन र आचारसंहिता विपरीतका काम गरेको दाबी उजुरीमा छ।

माथिल्लो कर्णालीमा ‘जीएमआर’का वकिल रहेका कार्कीले कामु प्रधानन्यायाधिश भएपछि पनि मुद्दा हेरेर सोही कम्पनीको पक्षमा फैसला गरेकाले प्रधानन्यायाधीश हुन अयोग्य रहेको भण्डारीको भनाइ छ। कामु प्रधानन्यायाधीश हुँदा स्वार्थ बाझिने गरी फैसला गरेका कारण सुनुवाईबाट उनलाई प्रधानन्यायाधीश बन्न रोकिनुपर्ने उनको माग छ।

आगामी साउन २० गते कार्यकाल सकिने चरणमा रहेका कार्की एक महिना पहिल्यै विदामा बस्नुपर्ने भएका कारण प्रधानन्यायाधीश बनाउन नहुने तर्क समेत भण्डारीको छ।

उजुरीमार्फत उनले अरुलाई समेत थप उजुरीका लागि आग्रह गरेका छन् । प्रधानन्यायाधीशमा हुने नियुक्तिका बिषयमा कुनै उजुरी भए जेठ २६ गतेसम्म समितिमा दिनका लागि सार्वजनिक आह्वान गरिएको छ।

 

 

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्