धनगढीका लागि उडेको श्री एयरको विमान काठमाडौं नै फर्कियो
प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० माइल टाढा पुगेको विमान पुनः काठमाडौं नै फर्काइएको हो।
काठमाडाैं, जेठ २३ : विमानमा समस्यादेखिएपछि काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा काठमाठडौं नै फर्काएर सकुशल अवरण गरिएको छ।
प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० माइल टाढा पुगेको विमान पुनः काठमाडौं नै फर्काइएको हो। जहाजमा ७२ यात्रु सवार थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको संकेत पाइलटले पाएपछि जहाज काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको थियो।
‘विहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाडौ फर्काइएको थियो,’ उनले भने।
विमान साढे ८ बजे त्रिभुवत विमानस्थालमा अवतरण गराइएको उनले बताए। उनका अनुसार साढे १० जे यात्रुहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाइएकाे छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

