Kathmandu Press

प्रतिपक्षी दलको विरोधपछि संसद् बैठक अझै सुरु हुन सकेन

गतिरोध अन्त्यका लागि सभामुखको कार्यकक्षमा अहिले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको अनौपचारिक बैठक चलिरहेको छ।
प्रतिपक्षी दलको विरोधपछि संसद् बैठक अझै सुरु हुन सकेन

काठमाडाैं, जेठ २३ : बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोधगरेपछि ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन।

बजेट निर्माणका क्रममा पूर्वनायब सुब्बा (नासु) रामकृष्ण श्रेष्ठलाई संलग्न गाइएकोमा प्रतिपक्षी दलहरुले विरोध गरेका हुन्। उनीहरुले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको विषयमा सरकारको जवाफ माग गर्ने भएका छन्।

गतिरोध अन्त्यका लागि सभामुखको कार्यकक्षमा अहिले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको अनौपचारिक बैठक चलिरहेको छ।  प्रतिपक्षी दलहरुले उनीहरुले यो विषयको छानबिन हुनुपर्ने कुरा गरिरहेका छन्। त्यसका लागि छानबिन समिति नै बनाउनुपर्ने उनीहरुको अडान छ।

अनौपचारिक रुपमै उनीहरुले विरोध गर्ने कुरा गरिसकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन।

प्राविधिक रुपमा जान्ने भएका कारण करारको सरकारी कर्मचारीले बजेट टाइप गरेको विषय अन्यत्र जोड्न नमिल्ने सत्तारुढ दलहरुले बताएका छन्।

 

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्