कैलालीमा महिलाका शव गाडेको अवस्थामा जंगलमा भेटियो
गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको हो।
कैलाली, जेठ २३ : कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव भेटिएको छ। गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको हो।
बुढाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनी हराएको भन्दै सोमबारमात्र खोजीका लागि परिवार प्रहरीमा निवेदन दिएका थिए।
कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
मृतक बुढाका एक छाेरा र एक छाेरी छन्। उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्।
प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

