प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
बैठकमा आज पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।
काठमाडौं, जेठ २३ : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
बैठकमा आज पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।
प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्नेछन् । जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो ।
प्रकाशित मिति: ०७:२७ बजे, मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)