नेपाली नागरिकता लिएका ९ भारतीयलाई थुनामा पठाउने आदेश, एक जनालाई धरौटीमा छोड्न आदेश
अदालतले पक्राउ परेका मध्येका भरतप्रसाद गुप्ताका छोरा राहुल गुप्तालाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ।
काठमाडौं, जेठ २२ : जिल्ला अदालत काठमाडौंले नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका १० जना भारतीय नागरिकमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
यस्तै, अदालतले पक्राउ परेका मध्येका भरतप्रसाद गुप्ताका छोरा राहुल गुप्तालाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। उनले २९ वैशाख २०७० मा वंशजको आधारमा नागरिकता लिएको खुलेको थियो। त्यसका आधारमा उनले १ मंसिर २०७१ मा पासपोर्ट समेत बनाएका थिए ।
भरतसँगै ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रसवेश गुप्ता, भरत गुप्ता, स्नेह लता गुप्ता, मिना देवी गुप्ता र राजेशकुमार गुप्ता पुर्पक्षका लागि थुनामा रहनेछन् ।
प्रकाशित मिति: २०:५१ बजे, सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

