माओवादीले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने
सोमबारको बैठकले संसदीय दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको हो।
माेरङ, जेठ २२ : नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गर्ने भएको छ। कोशी प्रदेशमा नयाँ सरकार गठनको पहल सुरु भएपछि सोमबार बसेको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको हो।
सोमबारको बैठकले संसदीय दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको हो। अहिले एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीले पनि समर्थन दिइरहेको छ । तर, बैठकले समर्थन फिर्ताबारे कुनै निर्णय गरेन।
यस विषयमा मंगलबार बस्ने प्रदेशस्तरका नेताहरू सम्मिलित बैठकले निर्णय गर्ने बताइएकाे छ।
यता, कोशी प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि सरकारको नेतृत्वको दाबी गरेको छ। यता, राप्रपाले पनि आफूलाई सरकारको नेतृत्व दिए नयाँ गठबन्धनमा सामेल हुने बताएको छ।
प्रकाशित मिति: १९:११ बजे, सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

