Kathmandu Press

‘प्रेमगीत-३’ को पहिलो गीत  ‘हात्ती ढुङ्गामा’ रिलिज (भिडियो) 

काठमाडौं, माघ २२ : यस बर्षकै बहुप्रतिक्षित चलचित्र प्रेमगीत–३ को पहिलो गीत सार्बजनिक गरेको छ । चैत २८ प्रदर्शन मिति तोकिएको चलचित्रले पहिलो गीत ....

‘प्रेमगीत-३’ को पहिलो गीत  ‘हात्ती ढुङ्गामा’ रिलिज (भिडियो) 

काठमाडौं, माघ २२ : यस बर्षकै बहुप्रतिक्षित चलचित्र प्रेमगीत–३ को पहिलो गीत सार्बजनिक गरेको छ । चैत २८ प्रदर्शन मिति तोकिएको चलचित्रले पहिलो गीत ‘हात्ती ढुङ्गामा’ सार्वजनिक गरेको हो ।

हाल नेपाली चलचित्रहरुमा चलेको टेण्ड भन्दा फरक तरिकाले प्रस्तुत गरिएको गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रहेको छ भने सागर आले र मेलिना राईको स्वर दिएका छन् ।  कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रदीप खड्का र नव अभिनेत्री क्रिस्टिना गुरुङ देखाईएको छ । 

Hardik ivf

चलचित्रको यस गीत मुस्ताङ र आसपासका क्षेत्रहरुमा सुटिङ गरिएको छ । मंगलबार सार्बजनिक गरिएको गीतलाई दर्शकहरुले रुचाएका छन् । यो समाचार तयार पार्दासम्म उक्त गीतले युटुबमा ६ लाख ओभर भ्युअर पाइसकेको छ । 

प्रदीप र क्रिस्टिनाको अलवा चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउत लगायतको अभिनय देख्न सकिन्छ । फिल्मलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा लगानीका साथै निर्देशन गरेका हुन् ।

तीन करोड बढीको खर्चमा निर्माण भएको बताइएने फिल्ममा डेढ सय वर्ष अगाडिको प्रेमकथा रहेको निर्माण पक्षले जनाएको छ । आसुसेन फिल्मस्बाट निर्माता सेनले निर्माण गरेका प्रेमगीत र प्रेमगीत २ ले सर्वाधिक चर्चा पाईसकेका छन् । 

भिडियो : 

प्रकाशित मिति: ०९:१७ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्