Kathmandu Press

पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था मिलाउनुपर्छ : महामन्त्री थापा

सोमबार नेपाली कांग्रेस लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले पार्टीको उपल्लो तहबाट टिकट वितरण गर्ने पद्धतिले पार्टी भित्र गुट उपगुट हाबी हुने र आफ्नैलाई हराउने गलत प्रवृतिको विकास भएको बताए।
पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था मिलाउनुपर्छ : महामन्त्री थापा

काठमाडाैं, जेठ २२ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

सोमबार नेपाली कांग्रेस लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले पार्टीको उपल्लो तहबाट टिकट वितरण गर्ने पद्धतिले पार्टी भित्र गुट उपगुट हाबी हुने र आफ्नैलाई हराउने गलत प्रवृतिको विकास भएको बताए।

थापाले अहिले स्थानीयदेखि केन्द्रसम्म सरकारमा काँग्रेस भएपनि पार्टी प्रति जनताको कुनै भरोसा नभएको उल्लेख गरे। त्यसका लागि पार्टीभित्रको सम्पूर्ण पद्धतिनै फेरबदल गर्नुपर्ने थापाले बताए। महामन्त्री थापाले सुशासन र पारदर्शीता अहिलेको पहिलो प्राथमिकता भएको भन्दै उत्पादन तथा रोजगारी सृजना गर्ने खालका योजना बनाउनका जनप्रतिनिधीहरुलाई निर्देशन गरे।

नेपाली काग्रेसबाट निर्वाचीत लुम्बिनी प्रदेशका १ सय ९ जनप्रतिनिधीहरुलाई लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष लहकुल केसी, नेपाल सरकारका पुर्व मुख्य सचिव सोमलाल सुवेदी लगाएतले दुई दिनसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: १८:४० बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्