Kathmandu Press

सर्वोच्चको आदेशप्रति मधेश प्रदेश सभामा विरोध  

‘संविधानले नै हरेक नेपाली नागरिक नागरिकता पाउने व्यवस्था गरेकोले जन्मसिद्धका सन्तानलाई पनि नागरिकता दिनुपर्छ,’ विरोधकाक्रममा उनले भने।
सर्वोच्चको आदेशप्रति मधेश प्रदेश सभामा विरोध  

जनकपुरधाम, जेठ २२ : नागरिकता विधेयक रोक्न सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई लिएर मधेश प्रदेशसभामा विरोध भएको छ।

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सोमवार प्रदेशसभा बैठक सुरू गरेलगत्तै सांसदहरू उठेर विरोध जनाएका हुन् । सर्वोच्चको आदेशको विरोध गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उपेन्द्र महतोले सर्वोच्चको अन्तरिम आदेश मधेशी जनताको भावना विपरित रहेको बताए। 

नेपाली नागरिकलाई अनागरिक बनाई राख्न केन्द्रमा विभिन्न राजनीतिक दलले नाटक मञ्चन गरिरहेको बेला सर्वोच्चको अन्तरिम आदेश आएको बताउँदै आफु र लोसपाले विरोध जनाउने बताएका थिए । सांसद महतोले मधेश प्रदेशका सबै दल वर्तमान सरकारले ल्याएको नागरिकता ऐनको पक्षमा रहेको पनि बताए। 

‘संविधानले नै हरेक नेपाली नागरिक नागरिकता पाउने व्यवस्था गरेकोले जन्मसिद्धका सन्तानलाई पनि नागरिकता दिनुपर्छ,’ विरोधकाक्रममा उनले भने।

नेपाली भएर पनि अनागरिक रहेकालाई नागरिकता दिन राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्दा विभिन्न राजनीतिक दलहरूले विरोध गरिरहेकोप्रति उनले आपत्ति पनि जनाए । यस्तै जनता समाजवादी पार्टी (जसपा) का सांसद रामअशिष यादवले पनि विरोध जनाएका छन्। 
 

प्रकाशित मिति: १८:०० बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्