नागरिकता विधेयक प्रमाणीकरणपछि संविधान ट्रयाकमा आएकाे छ : प्रधानमन्त्री
उनले जनताको हितलाई राखेर नै दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले अनुरोध गरेको जिकिर गरे।
काठमाडाैं, जेठ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान ट्रयाकमा आएको दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रक्रिया पूरा गरेपछि राष्टपतिसमक्ष स्वीकृतिका लागि पुगेको वियेधक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्दै यसका कारण संविधान ट्रयाकमा आएको दाबी गरेका हुन्।
उनले जनताको हितलाई राखेर नै दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले अनुरोध गरेको जिकिर गरे। दुवै सदनबाट विधेयक पारित गरेर पठाउँदा फेरि राष्टपतिले दराजमा हाल्दिए लोकतन्त्रमाथि घात हुने खतरा समेत देखेको उहाले बताए। उनले दुवै सदनले विधिसम्मत तरिकाले पठाएको विधेयक अर्को संसद्ले मान्दिन भन्न नमिल्ने तर्क समेत गरे।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कैयाैं विषयमा छलफल भएको र राष्ट्रिय हित र स्वाधीनताको विषयमा सरकार चिन्तित रहेको बताए। उनले आफू धर्मनिरपेक्षतावादी भएको र जनताको धार्मिक आस्थालाई अपमान हुने काम गर्न हुँदैन भन्ने मान्यता रहेको प्रस्टीकरण दिए।
उनले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने पनि बताए।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

