Kathmandu Press

भारतकाे नयाँ संसद् भवनमा नगए पनि त्यहाँ राखिएकाे नक्साबारे कुरा राखेकाे छु : प्रधानमन्त्री दाहाल

उनले आफू संसदकाे संसद् भवनअघि गएर हात हल्लाएको कुरा गलत भएको बताए।
भारतकाे नयाँ संसद् भवनमा नगए पनि त्यहाँ राखिएकाे नक्साबारे कुरा राखेकाे छु : प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँको नयाँ संसद् भवनमा राखिएको नक्साबारे आफूले कुरा राखेको बताएका छन्।

उनले आफू संसदकाे संसद् भवनअघि गएर हात हल्लाएको कुरा गलत भएको बताए। ‘म भारतीय नयाँ संसद् भवनअघि गएकै छैन, पुगेकै छैन। त्यहाँ गएर मोदीजी र मैले हात हल्लाएँ भनेको कुरा मोर देन हन्ड्रेड पर्सेन्ट झुटो हो,’ उनले भने। उनले साे नक्साबारे भारतको आफ्नै तर्क रहेको बताए। 

‘यो विषयमा भारतमा कुरा गरेन भन्ने पनि सत्य होइन। मैले कुरा गरें। उहाँहरूको आफ्नो तर्क छ। यो सांस्कृतिक ऐतिहासिक हो भनियाे। यसबारे छलफल गर्दै जान सकिन्छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले विश्वासको वातावरण बनेपछि छलफल गरेर जान सकिने बताए। अहिले आफूलाई अप्ठेरोमा पार्दा फाइदा हुन्छ भन्ने नसोच्न आग्रह गरे।

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्