Kathmandu Press

प्रधानमन्त्रीबाट भारत भ्रमणमा प्राेटाेकल र देशको मर्यादा उल्लंघन भयाे : ओली

सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय मागेर बोलेका ओलीले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा छोरी गंगा दाहाललाई सहभागी गराइएकोप्रति प्रतिपक्षी दलका सांसदहरूले प्रश्न उठाएका थिए।
प्रधानमन्त्रीबाट भारत भ्रमणमा प्राेटाेकल र देशको मर्यादा उल्लंघन भयाे : ओली

काठमाडौं, जेठ २१ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा उच्च सरकारी अधिकारीको सट्टा आफ्नो परिवारको सदस्यलाई सहभागी गराएर प्रोटोकोल उल्लंघन गरेको बताएका छन्। 

सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय मागेर बोलेका ओलीले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा छोरी गंगा दाहाललाई सहभागी गराइएकोप्रति प्रतिपक्षी दलका सांसदहरूले प्रश्न उठाएका थिए।

‘प्रोटोकल भएन । तरिका पनि मिलेन । को कता छ, थाहा छैन । प्रधानमन्त्रीको छेउमा छोरी राख्नुभएको छ। परराष्ट्रमन्त्री छैन, परराष्ट्र सचिव छैन, चिफ अफ प्रोटोकल छैन। परिवारको सदस्य राख्नुभएको छ,’ उनले भने,’ उनले भने, ‘यसबाट देशको मर्यादा उल्लंघन भएको छ।’
प्रधानमन्त्री दाहालले भारतीय अधिकारीहरूसँगको भेटका क्रममा परराष्ट्रमन्त्रीलगायत मन्त्रीहरूलाई सँगै नराखी प्रमुख स्वकीय सचिव छोरीलाई राखेका थिए। सो विषयमा व्यापक आलोचना पनि भएको थियो।

‘उहाँले परिवारको सदस्य राख्नुभयो। परराष्ट्रमन्त्री कहाँ छन्? अर्थमन्त्री कहाँ छन्? अरु मन्त्रीहरू कहाँ छन्? फर्स्ट लेडी भनेको स्पाउस (पति वा पत्नी) नै हो । परिवारका अन्य सदस्य हैनन् । प्रधानमन्त्रीले मर्यादा राख्नुभएन। प्रोटोकल मिलेन,’ ओलीले भने ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको सट्टा बंगलादेश पुग्ने बाटोसँग साट्नुपर्ने भनेको भन्दै ओलीले आलोचना गरेका छन्। बंगलादेशको बाटो पाउनु नेपालको अधिकार भएको तर कुने भूमिसँग साट्नुनपर्ने उनको भनाइ थियो

 

प्रकाशित मिति: १६:२३ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्