म सबै धर्मकाे सम्मान गर्छु तर धर्मनिरपेक्षतावादी हुँ : प्रधानमन्त्री दाहाल
सोमबारको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणका क्रममा गेरुवा वस्त्र लगाएर इन्दौरमा पूजा गरेको विषयमा सांसदहरूले आस्तिक कि नास्तिक भन्दै प्रश्न उठाएपछि उनले त्यस्ताे बताएका हुन्।
काठमाडौं, जेठ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सबै धर्मकाे सम्मान गर्ने धर्मनिरपेक्षतावादी भएको बताएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणका क्रममा गेरुवा वस्त्र लगाएर इन्दौरमा पूजा गरेको विषयमा सांसदहरूले आस्तिक कि नास्तिक भन्दै प्रश्न उठाएपछि उनले त्यस्ताे बताएका हुन्।
उनले सबै धर्मलाई समान मान्यता दिनुपर्ने र राज्यले कुनै धर्मलाई नजिक र कसैलाई टाढा बनाउन नहुनेमा जाेड दिए।
पशुपतिजस्तै उज्जैन पनि हेर्नैपर्ने ठाउँ भएको र धार्मिक पर्यटन प्रवर्धनका लागि आफू गएको उनले बताए। ‘उज्जैनमा गएर पूजा गरेको सबैले देख्नुभयो। तर म बुद्धिस्टकोमा गएर प्रस्तुत गरेका आस्था, सम्मान देख्नुभएको छ। मुस्लिम समुदायको टोपी लगाएर सम्मान गरेको देख्नुभएकै छ,’ उनले भने।
त्यसैगरी प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा राजा हिन्दु धर्मबारे एक शब्द उच्चारण नभएको बताए। भ्रमणका क्रममा राजाको कुरा भएको भन्ने सांसदको प्रश्नको जवाफ दिने क्रममा उनले राजा र हिन्दु धर्मबारे पनि कुनै कुरा नभएको बताए।
‘न राजाको बारे एक शब्द उच्चारण भयो। न हिन्दु धर्मबारे एक शब्द उच्चारण भयो। कहीँ कतै कसैले उच्चारण गरेन। हामी त्यो विषयमा प्रवेश नै गरेनौँ,’ उनले भने ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

