Kathmandu Press

प्रधानमन्त्रीको प्रश्न- पहिलाको राष्ट्रपतिले जस्तै अहिलेको राष्ट्रपतिले विधेयक होल्ड गरे के हुन्छ ?

‘हामीले प्रतिनिधि र राष्ट्रियसभाबाट विधेयक पारित गरेर पठायौं, फेरि दराजमा गएर थन्कियो भने हाम्रो हालत के हुन्छ,’ उनले भने, ‘हाम्रो लोकतन्त्रको भविष्य के हुन्छ? हाम्रो यो संविधानको भविष्य के हुन्छ?’
प्रधानमन्त्रीको प्रश्न- पहिलाको राष्ट्रपतिले जस्तै अहिलेको राष्ट्रपतिले विधेयक होल्ड गरे के हुन्छ ?

काठमाडौं, जेठ २२ : प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता विधेयक संसदबाट पुनः अघि बढाउँदा अघिल्लो राष्ट्रपतिले जस्तै दुई-दुईपटक विधेयक होल्ड गरिदिए अप्ठेरो परिस्थिति आउने लोकतन्त्र नै खतरामा पर्ने बताए।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सबै प्रक्रिया पुर्याएर राष्ट्रपतिकहाँ पठाएपछि अहिलेका राष्ट्रपतिले पनि पहिलेजस्तै विधेयक होल्ड गरे के हुन्छ भन्दै प्रश्न गरे। ‘हामीले प्रतिनिधि र राष्ट्रियसभाबाट विधेयक पारित गरेर पठायौं, फेरि दराजमा गएर थन्कियो भने हाम्रो हालत के हुन्छ,’ उनले भने, ‘हाम्रो लोकतन्त्रको भविष्य के हुन्छ? हाम्रो यो संविधानको भविष्य के हुन्छ?’

यसो भएमा लोकतन्त्र र संविधानविरुद्ध नजिर बस्ने उनले जिकिर गरे। यसले संविधान र व्यवस्थामाथि घात हुने उनको भनाइ छ। अहिलेको प्रक्रियाले संविधान र लोकतन्त्र ट्रयाकमा आएको र राष्ट्रपतिले संविधानलाई डिरेल उत्पन्न गराउने खतरा टरेर गएको बताए।

उनले संसदबाट दुई पटक पारित भएको विधेयक खारेज गर्नु सम्भव नरहेको र विधेयक फेरि ल्याउन सम्भव नभएकाले प्रमाणीकरणको प्रक्रियामा गएको बताए। नागरिकता विधेयकको विषयमा संसद्मा उठेका प्रश्नको सोमबारको प्रतिनिधसभा बैठकमा जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले संसद्‍बाट का हुन्।

संसद् पनि अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले एउटा सदनले विधिसम्मत पारित गरेको विषयलाई अर्को सदनले मान्दैन भन्न नमिल्ने र नपाउने उनले बताए।  नागरिकता विधेयक प्रमाणीकरणका विषयमा तत्कालीन राष्ट्रपतिले संविधानको उल्लंघन गरेको प्रधानमन्त्रीको भनाइ थियो।

प्रकाशित मिति: १५:४० बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्