संविधानले सभामुखको नाम नभएर सभामुख पदलाई चिन्छ : महामन्त्री शर्मा

काठमाडौं, जेठ २२ : सत्तारूढ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रश्नको जवाफ दिँदादिँदै होहल्ला भएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैलाई आवेगलाई तिलाञ्जली दिन आग्रह गरेका छन्।
सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले बोलरहँदा प्रतिपक्षी दलले प्रतिप्रश्न गरेपछि सत्तापक्षका सांसद पनि उठेर होहल्ला गर्न थालेपछि सभामुख देवराज घिमिरेले सांसद शर्मालाई समय दिए। आफ्नो भनाइ राख्दै शर्माले आवेग त्याग्न आग्रह गरेका हुन्।
‘हामीले गम्भीर विषयमा छलफल गरिरहेका छौं। त्यसैले म आग्रह गर्न चाहन्छु सदनले लिने कुनै निर्णयको विषयमा संविधानको केन्द्रमा रहेर बोल्नुपर्छ,’ उनले भने, ‘चाहे सत्तापक्षका होस् वा प्रतिपक्षका यो विधेयकमा रहेकालाई राख्नुपूर्व विनम्रतापूर्वक अपिल गर्न चाहन्छु विषयमा वस्तुगत भएर गम्भीरतापूर्वक छलफल गरौं। आवेगलाई तिलाञ्जली दिऔं।’
उनले नागरिकता विधेयकमा एमालेका सांसद सूर्य थापाले दिएको अभिव्यक्तिमाथि खण्डन गर्दै उनले संविधानले सभामुखको नाम नभएर सभामुख पदलाई चिन्ने बताए। ‘उहाँले सही कुरा उठाउनुभएको छ तर, यसले सदनको सभामुखलाई चिन्छ, व्यक्तिलाई चिन्दैन,' उनले भने ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

