प्रधानमन्त्रीले बोलिरहँदा प्रतिपक्षी दलका सांसदको अवरोध
सभामुख देवराज घिमिरेले बस्न अनुरोध गर्दा पनि एमाले सांसद सूर्य थापाले संसद्मा विचाराधीन विधेयक संसद्सँगै निष्क्रिय भए पनि प्रधानमन्त्रीले ढाँटेको भन्दै विराेध गरे।
काठमाडाैं, जेठ २२ : प्रधानमन्त्रीले बोलिरहँदा प्रतिपक्षका सांसदको अवरोध सिर्जना गरेका छन्।
साेमबारकाे प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बस्न अनुरोध गर्दा पनि एमाले सांसद सूर्य थापाले संसद्मा विचाराधीन विधेयक संसद्सँगै निष्क्रिय भए पनि प्रधानमन्त्रीले ढाँटेको भन्दै विराेध गरे।
प्रधानमन्त्रीले विधेयक संसद्मा विचाराधीन नभएर राष्ट्रपतिको पुगिसकेको विधेयक भएको बताएपछि थापाले नियमावलीको दफा कोट गरेर विचाराधीन भनेका थिए। त्यसअघि प्रधानमन्त्रीले भनेका थिए, ‘संसद्ले दुईपटक पारित गरेर राष्ट्रपतिसमक्ष पठाइएको विधेयक यो संसद्मा विचाराधीन होइन।’
त्यसपछि प्रधानमन्त्रीलाई बोल्न दिइएको समयमा अवरोध नगर्न टिपोट गरेर पछि बोलन आग्रह गरे पनि सांसदहरूले विरोध गर्न छाडेनन्। सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालविरूद्ध नाराबाजी पनि भयो। त्यसपछि प्रधानमन्त्रीले ‘मेरो पुरै कुरा सुनेपछि खण्डन गरे भइहाल्यो नि!’ भने।
सभामुख देवराज घिमिरेले पटक–पटक प्रधानमन्त्रीलाई कुरा राख्न दिन अग्रह गर्दा समेत एमाले, रास्वपा र राप्रपाका सांसदहरूले प्रधानमन्त्रीलाई बोल्न अवरोध गरे।
त्यसपछि सत्तापक्षका सांसदहरू पनि उभिएपछि भनाभन भएको थियो। सभामुखले एमालेका रघुजी पन्तलाई, त्यसपछि कांग्रेस सांसद विश्वप्रकाश शर्मालाई बोलन दिए। त्यतिबेला प्रधानमन्त्री दाहाल रोस्ट्रममै उभिरहे।
संसद्को नियमावलीअनुसार प्रधानमन्त्रीलाई ‘स्पष्टीकरण’ सोधिसकेपछि पुनः प्रश्न गर्न पाइँदैन।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

