Kathmandu Press

प्लास्टिकजन्य पदार्थको विकल्पको खोजी गर्नुपर्छ : मन्त्री बस्नेत

विश्व वातावरण दिवसको अवसरमा डिप्लोमा इञ्जिनियर्स एशोशिएसन नेपालले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्लास्टिक प्रदूषणको समाधानका लागि यसको विकल्पको खोजि गर्नुपर्ने बताएका हुन्।
प्लास्टिकजन्य पदार्थको विकल्पको खोजी गर्नुपर्छ : मन्त्री बस्नेत

काठमाडाैं, जेठ २२ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थको विकल्पको खोजी गर्नुपर्ने बताएका छन्।

विश्व वातावरण दिवसको अवसरमा डिप्लोमा इञ्जिनियर्स एशोशिएसन नेपालले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्लास्टिक प्रदूषणको समाधानका लागि यसको विकल्पको खोजि गर्नुपर्ने बताएका हुन्। 

उनले प्लास्टिकजन्य पदार्थको विकल्पको विषय एउटा देशले मात्रै गरेर नहुने भन्दै सार्क राष्ट्र लगाएतका देशले सामुहिक प्रयास गर्नुपर्ने बताए। उनले प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विगतदेखि नै आवश्यक नीति, रणनीतिका साथै कार्ययोजना पनि बनाउँदै जानकारी दिए।

प्लास्टिक प्रदूषणको समाधानका लागि आवश्यक प्रचार प्रसारका साथै प्रयोगको न्यूनिकरणका लागि आवश्यक नीति बनाउनुपर्ने उहाले बताए।

कार्यक्रममा सहभागीहरुले प्रदूषण हुने उत्पादनलाई निरुत्साहित गर्ने कार्यमा सहयोग गर्न उत्प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्