Kathmandu Press

राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ प्रमाणीकरण भएको मितिलाई आधार मानेर हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको मन्त्रालयको भनाइ छ।
राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

काठमाडौं, जेठ २२ : शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ प्रमाणीकरण भएको मितिलाई आधार मानेर हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले सोहीअनुसार प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउन प्रदेश तथा समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, सबै स्थानीय तहलाई पत्राचार गरेको छ।

राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि फागुन १२ गतेको दिन मनाउन थालिएको हो। २०६२/६३ को आन्दोलनपछि भएकाे राजनीतिक व्यवस्था परिवर्तन भएकाे, देशमा लोकतन्त्र आएकाे भन्दै राजाले शुरुवात गरेका धेरै कार्यक्रम मनाउन छाडिए। त्यसैले २०६३ सालमा राष्ट्रिय शिक्षा दिवस मनाइएन ।

२०६४ सालदेखि नयाँ मितिअन्तर्गत अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मा मनाउने निर्णय भयो। २०७६ सालसम्म सेप्टेम्बर ८ मै दिवस मनाइयो। २०७७ सालदेखि भने याे दिवस मनाइएको छैन।

प्रकाशित मिति: १४:१८ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्