Kathmandu Press

गौर हिंसाको रिट न्यायाधीश रेग्मीको इजलासमा 

रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीबीच भएको दोहोरो भिडन्तमा २०६३ साल चैत ७ गते २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो।
गौर हिंसाको रिट न्यायाधीश रेग्मीको इजलासमा 

काठमाडौं, जेठ २२ : गौर हत्याकाण्डसम्बन्धी रिटमा सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तय भएको छ। 

रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीबीच भएको दोहोरो भिडन्तमा २०६३ साल चैत ७ गते २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो।

दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साह समेतले रिट दायर गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिए पनि दोषीमाथि छानबिन तथा मुद्दा दायर नभएको प्रश्न रिटमा उठाइएको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालय रौतहट लगायतलाई विपक्षी बनाइएको छ।  
 
प्रकाशित मिति: १३:४३ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्