Kathmandu Press

‘बंगलादेश मोडल मेराे प्रस्ताव हाेइन, विज्ञका सुझाव यस्ता छन् मात्र भनेको हुँ’

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएर एमालेनिकट बुद्धिजीवीहरुले भन्दै आएको विचार भएको बताए।
‘बंगलादेश मोडल मेराे प्रस्ताव हाेइन, विज्ञका सुझाव यस्ता छन् मात्र भनेको हुँ’

काठमाडौं, जेठ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भारत भ्रमणका क्रममा ‘बंगलादेश मोडल’ अपनाउन सकिन्छ भनेर नबोलेको स्पष्ट पारेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएर एमालेनिकट बुद्धिजीवीहरुले भन्दै आएको विचार भएको बताए।

‘मैले विज्ञहरूको सुझाव यस्ता पनि छन्, विकल्पमा छलफल गर्न सकिन्छ भनेको हुँ,’ उनले भने, ‘तपाईंहरूनिकटकै विज्ञहरूले राखेका कुरा हुन् यी। नाम भन्नुपर्छ भने पनि केही छैन। तर उहाँहरूले राखेका कुरा मैले भन्दा राष्ट्रघात भन्दै हुनुहुन्छ।’

प्रधानमन्त्री दाहालले मिल्न लागेका विषय बिगार्ने गरी नबोल्न र सो विषयलाई अतिरञ्जित नबनाउन सांसदहरूलाई आग्रह गरे। उनले भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको सट्टा भारतले बंगलादेशसम्मको बाटो नेपाललाई दिए हुने भन्दै धारणा राखेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए।

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफूले प्रस्ट धारणा राखेको र ती भूमि नेपालकै हुन् भन्ने स्थापित गर्न भूमिका खेलेको दाबी गरे।

प्रकाशित मिति: १३:०१ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्