Kathmandu Press

‘नेपाल-भारत सीमा विवादबारे खुलस्त कुराकानी भएको सम्भवतः याे पहिलाेपटक हाे’

‘मलाई लाग्छ यति प्रष्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको मेरो बुझाइमा यो पहिलोपटक हो,’ उनले भने।
‘नेपाल-भारत सीमा विवादबारे खुलस्त कुराकानी भएको सम्भवतः याे पहिलाेपटक हाे’

काठमाडौं, जेठ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादबारे खुलस्त कुराकानी भएको दाबी गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालका तर्फबाट पहिलोपटक भारतसँग सीमा विवादबारे आफूले प्रस्टसँग कुरा राखेको दाबी गरेका हुन्। ‘मलाई लाग्छ यति प्रष्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको मेरो बुझाइमा यो पहिलोपटक हो,’ उनले भने।

उनले नेपाल–भारत सीमा विवादबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्पष्ट रूपमा कुरा राखेको पनि बताए। सीमा समस्या समाधानका लागि गम्भीर ढंगले आग्रह गरिएपछि मोदीले स्पष्ट विचारे राखेको उनको भनाइ थियो।

‘भेटवार्ताका क्रममा सीमासम्बन्धी विषयमा गम्भीर रूपले छलफल भएको छ। सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई गम्भीर ढंगले आग्रह गरेको छु,’ उनले भने, ‘भारतीय प्रधानमन्त्रीले पनि स्पष्ट रुपमा कुरा राख्नुभएको छ, यो सकारात्मक कुरा हो।’

उनले थपे, ‘मोदीजीले संयुक्त प्रेस मिटको अवसरमा सीमालगायत थाती रहेका सबै विषयमा समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नुभयो,’ उनले भने, ‘लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी स्पष्ट विचार आएको यो पहिलो पटक हो। यो सकारात्मक अभिव्यक्ति हो।’

प्रकाशित मिति: १२:४४ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्