सदनमा योगेश भट्टराईको प्रश्न- नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई कसले दियाे ?
सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सीमा नाका र जग्गा सट्टाभर्ना गर्ने अधिकार नभएको बताए।
काठमाडाैं, जेठ २२ : नेकपा एमालेले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सीमा नाका र जग्गा सट्टाभर्ना गर्ने अधिकार नभएको बताएका हुन्।
उनले कुनै पनि सर्तमा कालापानी, लिपुलेक र लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताए। ‘कालापानी, लिपुलेख र लिम्पियाधुरा कुनै पनि सर्तमा नेपालको संविधानले अरू विदेशीलाई दिने अधिकार दिएको छैन। के आधारमा उहाँले दिनुभयो?,’ उनले प्रश्न गरे।
उनले सो विषयमा राष्ट्रियता बन्धक राख्न नसक्ने र बेच्न नसक्ने भन्दै त्यसलाई लम्पसारवादको संज्ञा दिए। ‘हामी कुनै जग्गा सट्टाभर्ना गर्ने सर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं,’ उनले भने।
उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा बिमस्टेक सम्मलेन, सार्क सम्मेलन गराउने विषयमा छलफल, इजिजी प्रतिवेदन बुझाउने कार्य र पञ्चेरश्वरको परियोजनाको सम्झौता नहुनुको कारण माग गरे।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

