Kathmandu Press

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल

सोमबार साँझ भएको सभामुख देवराज घिमिरेसँगकाे टेलिफोन संवादमा प्रधानमन्त्री दाहालले संसद्‌मा सम्बोधन गर्ने जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ।
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ २२ : प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। संसद् अवरोध हटाउन, भारत भ्रमणबारे जानकारीलगायत विषयमा प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्न लागेका हुन्।

सोमबार साँझ भएको टेलिफोन संवादमा प्रधानमन्त्री दाहालले संसद्‌मा सम्बोधन गर्ने जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ। सो क्रममा प्रधानमन्त्री दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै सोमबारको संसद् बैठकमा आफूले सम्बोधन गर्ने बताएको सभामुखको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

संसद्को अवरोधको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीसँग पनि छलफल गर्ने प्रधानमन्त्री दाहालले बताएका छन्।

आइतबारदेखि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो। तर, प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूको अवरोधपछि आइतबारको बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति: ११:१६ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्