Kathmandu Press

पाल्पा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो [अपडेट] 

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँभm सो स्थानामा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 
पाल्पा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो [अपडेट] 

काठमाडौं, जेठ २२ : पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुगेको छ।

दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो।

अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी-१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार भएको साे दुर्घटनामा दुर्घटनामा ३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे । अझ १० जना घाइते छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएकाे छ । घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
       
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको थियाे।

घटनास्थलमै मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम छन्।

प्रकाशित मिति: ०७:५९ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्