Kathmandu Press

दयाहाङ भन्छन्– भेडा चराउनु सहज काम होइन

कसरी भेडालाई माथि तिर लाने, कसरी तल झार्ने, तिनीहरुलाई कसरी नुन खुवाउने, कसरी स्याहार गर्ने भन्नेबारे स्थानीयसँग छलफल गरेपछि उनले त्यसबारे जानकारी पाएको दयाहाङ बताउँछन्।
दयाहाङ भन्छन्– भेडा चराउनु सहज काम होइन

काठमाडौं, जेठ २१ : चलचित्रमा निर्वाह गर्ने भूमिकामा बाँच्ने कलाकारमध्येमा दयाहाङ राई एक हुन्। अर्थात् चलचित्रमा उनी निर्वाह गर्नुपर्ने चरित्रलाई निर्माण गर्न त्यहीं जीवनलाई महसुस गर्छन्।

कथा र व्यथासँग जोडिएपछि चरित्र जीवन्त हुने अभिनेता राईको बुझाइ छ। उनी भन्छन्, ‘अभिनयका क्रममा विभिन्न पात्र र जीवनसँग साक्षात्कार गर्ने मौका पाइन्छ। नीरफूलमा मैले गोठालोको भूमिका निर्वाह गरेको छु, भीरपाखामा भेडा चराउँदा उनीहरुको समस्या र साहससँग साक्षात्कार भएँ।’

Hardik ivf

कसरी भेडालाई माथि तिर लाने, कसरी तल झार्ने, तिनीहरुलाई कसरी नुन खुवाउने, कसरी स्याहार गर्ने भन्नेबारे स्थानीयसँग छलफल गरेपछि उनले त्यसबारे जानकारी पाएको दयाहाङ बताउँछन्।

‘पहिलो पटक मैले भेडा गोठालेको संघर्षपूर्ण अनुभव संगाल्ने अवसर पाएँ । मेरो लागि रोचक रह्यो’, उनी भन्छन्। धादिङको रुबी भ्यालीमा छायांकनका क्रममा  हिमाली जीवनको अनुभव पनि सङ्गाल्न पाएको उनले बताए ।

एउटा नेपाली केही वर्ष विदेशमा रोजगारी गरेर घर फर्कँदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँ नै नभेटिनु जस्तो बिडम्वना नै चलचित्रको कथासार रहेको दयाहाङको भनाइ छ । उनले चलचित्र ‘नीरफूल’ मौलिक कथा र बिरलै हुने घटनामा केन्द्रित रहेको बताए।

फुलमान बल निर्देशित फिल्म नीरफूल जेठ २६ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्ममा दयाहाङसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिर लगायतको अभिनय छ।

प्रकाशित मिति: २०:५८ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्