पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु, १२ जना घाइते
रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप सत्यवतीमा दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ भने १२ जना घाइते भएका छन्।
पाल्पा, जेठ २१ : पाल्पाको सत्यावतीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। आइतबार साँझ रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा जीप दुर्घटना भएको हो।
रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप सत्यवतीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै, १२ जना घाइते भएका छन्। घाइतलाई उपचारका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान हुन सकेको छैन । शवलाई पोष्टमर्टमको लागि बुटवल लगिएको प्हरीले जनाएको छ।
अत्यधिक लोडका कारण जित दुर्घटना भएको बताइएको छ। जिप सकडबाट ७० मिटर तल खसेको बताइएको छ।
प्रकाशित मिति: १९:५७ बजे, आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

