Kathmandu Press

दौत्य सम्बन्ध रहेका मुलुकमा वैदेशिक रोजगार खुलाउने तयारी

दौत्य सम्बन्ध रहेका मुलुकमा वैदेशिक रोजगार खुलाउने तयारी

काठमाडाैं, जेठ २१ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैदेशिक रोजगार खुला गर्ने तयारी भइरहेको जनाएको छ।

आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रम सचिव एक नारायण अर्यालले अहिले संस्थागत रुपमा १ सय ११ देशमा बैदेशीक रोजगारमा जाने गरेको र अन्य देशमा व्यक्तिगत हिसावमा रोजगारीका लागि जाने गरेको भन्दै दौत्य सम्बन्ध कायम भएका मुलुकमा बैदेशीक रोजगार खुला गर्ने योजनामा रहेको बताए।

विश्वबजारमा यसअघिका कुराहरु परिवर्तन भएको अवस्थामा नेपाल पनि परिवर्तित समय अनुसार चल्नुपर्ने उहाले बताए। सचिव अर्यालले आजको इराकलाई पनि हेर्दै मागका आधारमा कामदार पठाउन सक्ने गरि गृह कार्य भइरहेको जानकारी दिए।

उनले माल्टा, क्रोयसिया लगाएतका देशबाट हजारौंको संख्यामा दिनहु आउँदा पनि नेपालको पहुँच नहुँदा अर्को मुलुकबाट मात्रै कामदार जाने अवस्था आएकाले दुतावास भएको ठाउँमा दुतावासबाट प्रमाणीकरण र दूतावास नभएका स्थानका लागि बैदेशिक रोजगार विभागको टिमबाट नै प्रमाणीकरण गर्ने व्यवस्था गर्न लागेको बताए।

औपचारिक माध्यमबाट वैदेशिक रोजगारबाट जान नसक्नेहरुले भिजिट भिसा, कन्सल्टेन्सीलगायतको माध्यम प्रयोग गर्ने र यसका कारण ठगी र भविष्यमा हुन सक्ने जोखिम धेरै हुने भएकाले पनि औपचारिक रुपमा कामदार पठाउने गरी तयारी भइरहेको अर्यालले बताए।

पत्रकार सम्मेलनमा श्रम मन्त्री शरदसिंह भण्डारीले बदैशिक रोजगारीमा जानेहरुमाथि ठगी गर्ने क्रम नरोकिएकाले यस क्षेत्रलाई प्रभावकारी बनाउन टाक्स फोर्स नै गठन गरिएको बताए। वैदेशिक रोजगारीमा पठाउने अन्य राष्ट्रको अध्ययन गरेर नेपालले पनि उचित नीति बनाउने उनको भनाइ छ । उनले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउन मन्त्रालय क्रियाशील रहेको दाबी गरे।

उनले तोकिएको मापदण्ड पालना नगर्ने वैदेशिक रोजगारदाता कम्पनीलाई कारबाहीको दायरामा ल्याइने पनि बताए। 

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्