Kathmandu Press

गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट

१६ वर्षअघि अर्थात् २०६३ चैत ७ मा रौटहटको गौरस्थित राइसमिलको चौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँमा कार्यक्रम आयोजना गरेको निहुँमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए।
गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट

काठमाडौं, जेठ २१ : गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

१६ वर्षअघि अर्थात् २०६३ चैत ७ मा रौटहटको गौरस्थित राइसमिलको चौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँमा कार्यक्रम आयोजना गरेको निहुँमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए।

सोही घटनामा मारिएका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिए पनि कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गर्दे सर्वोच्चमा रिट हालेका हुन्। उनीहरुले रिटमा रौटहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाएका छन्।

घटनाबारे लामो समयदेखि कुनै अनुसन्धान अघि नबढेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले पनि गत पुसमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहित १३० जनामाथि अनुसन्धान अघि बढाउन आदेश दिएको हो। 

उक्त हत्याकाण्डबारे  छानबिनका गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले जाहेरी परेको एवं घटनामा संलग्न भनी उनीहरुको नाम किटेअनुसार नै छानबिन गर्नुपर्ने मानवअधिकार आयोगको भनाइ थियो। आयोगले दिएको निर्देशन समेत कार्यान्वयन नगरिएको रिट निवेदनमा उल्लेख छ।

प्रकाशित मिति: १७:४६ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्