Kathmandu Press

शरणार्थी प्रकरण : प्रतिवादीको बचाउमा चारजना पूर्वमहान्यायाधिवक्ता

अदालतमा परेको वकालतनामा अनुसार पूर्वमहान्यायाधविक्ता महादेव यादव, रमनकुमार श्रेष्ठ, रमेश बडाल र खम्मबहादुर खातीले पनि बहस गर्ने निधो भएको छ।
शरणार्थी प्रकरण : प्रतिवादीको बचाउमा चारजना पूर्वमहान्यायाधिवक्ता

काठमाडौं, जेठ २१ : नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको प्रतिरक्षाका लागि चार पूर्वमहान्यायाधिवक्ताले काठमाडौं जिल्ला अदालतमा बहस गर्ने भएका छन्। 

चार महान्यायाधिवक्ताले अदालतमा वकालतनामा दिइसकेका छन्। अदालतमा परेको वकालतनामा अनुसार पूर्वमहान्यायाधविक्ता महादेव यादव, रमनकुमार श्रेष्ठ, रमेश बडाल र खम्मबहादुर खातीले पनि बहस गर्ने निधो भएको छ। पूर्वगृहमन्त्री खाणको पक्षमा वरिष्ठ अधिवक्ता यादव र खातीले बहस पैरवी गर्ने भएका छन्।

यस्तै वरिष्ठ अधिवक्ता रहेका वडालले एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको बचाउमा वहशपैरवी गर्ने छन् भने श्रेष्ठले तत्कालीन गृह सचिव टेकनारायण पाण्डेको पक्षमा बहस गर्नेछन्। यसबाहेक अन्य वरिष्ठ अधिवक्ता र अधिवक्ता गरी प्रतिवादीका तर्फबाट बहस गर्न डेढ दर्जन कानुनव्यवसायीको वकालनामा समेत दर्ता भएको जनाइएको छ । 

यस्तै बादी सरकारको बचाउमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंको नेतृत्व सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेले गर्ने भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा वरिष्ठ अधिवक्ता एवम् बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई लगायतले वहश गर्न अस्वीकार गरेका छन् ।

यस्तै वरिष्ठ अधिवक्ता रहेका वडालले एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको बचाउमा बहसपैरवी गर्ने छन् भने श्रेष्ठले तत्कालीन गृह सचिव टेकनारायण पाण्डेको पक्षमा बहस गर्नेछन्। यसबाहेक अन्य वरिष्ठ अधिवक्ता र अधिवक्ता गरी प्रतिवादीका तर्फबाट बहस गर्न डेढ दर्जन कानुन व्यवसायीको वकालनामासमेत दर्ता भएको जनाइएको छ। 

यस्तै वादी वा सरकारको बचाउमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंको नेतृत्व सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेले गर्ने भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा वरिष्ठ अधिवक्ता एवम् बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई लगायतले वहश गर्न अस्विकार गरेका छन्। 

प्रकाशित मिति: १७:०५ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्