डेंगुबारे सदनमा छलफलका लागि विराजभक्त श्रेष्ठद्वारा संकल्प प्रस्ताव दर्ता
उनले उपचारका लागि विद्यमान अस्पताnहरुको क्षमता वृद्धि गर्नुपर्ने, रोग नियन्त्रणका स्थानीय तहहरुलाई उनीहरुको उत्तरदायित्व र जिम्मेवारी वोध गराउने कार्यक्रम ल्याउन माग गरेका छन्।
काठमाडाैं, जेठ २१ : डेंगु रोगको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरि सरकारलाई निर्देशन दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संकल्प प्रस्ताव दर्ता गराएका छन्।
डेंगु एक मानिसबाट अर्को मानिसमा सर्ने भएको र यसले महामारीको रुप लिएको खण्डमा धनजनको अपूरणीय क्षति हुन सक्ने सम्भावनालाई यस वर्षको वर्षायाम सुरु हुनु अगावै यसको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरL सरकारलाई निर्देशन दिन श्रेष्ठले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन्।
विश्व स्वास्थ्य संगठनले नेपाललाई डंगु जोखिमको सूचीमा राखेको उल्लेख गर्दै पूर्वतयारी गर्नुपर्ने लगाएतका बिषय समावेश गरि संकल्प प्रस्ताव दर्ता गरिएको श्रेष्ठले जानकारी दिए। उनले रोग सार्ने लामखुट्टे नियन्त्रण कार्यका लागि जनस्वास्थ्य निरीक्षकहरुलाई देशभर परिचालन गर्ने, गरीव विपन्न र पिछडिएको समुदाय लक्षीत कार्यक्रमहरु सञ्चालन गर्न निर्देशन दिनुपर्ने बताए।
उनले उपचारका लागि विद्यमान अस्पताnहरुको क्षमता वृद्धि गर्नुपर्ने, रोग नियन्त्रणका स्थानीय तहहरुलाई उनीहरुको उत्तरदायित्व र जिम्मेवारी वोध गराउने कार्यक्रम ल्याउन माग गरेका छन्।