Kathmandu Press

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

आज (आइतबार) अर्को बैठक बस्ने सम्भावना नभएपछि प्रतिनिधिसभाका सचिव पद्यप्रसाद पाण्डेयले सूचना टाँसेर सोमबार ११ सम्मका लागि बैठक लागि स्थगित भएको जानकारी गराएका हुन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं, जेठ २१ : प्रमुख प्रतिपक्षी दल एमालेसहितका अन्य विपक्षी दलको अवरोधका कारण एक घण्टाका लागि रोकिएको प्रतिनिधिसभाको बैठक भोलि (सोमबार) मात्र बस्ने भएको छ।

आज (आइतबार) अर्को बैठक बस्ने सम्भावना नभएपछि प्रतिनिधिसभाका सचिव पद्यप्रसाद पाण्डेयले सूचना टाँसेर सोमबार ११ सम्मका लागि बैठक लागि स्थगित भएको जानकारी गराएका हुन्।

Hardik ivf

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा राष्ट्रघाती काम भएको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले आइतबारको बैठक अवरोध गरेका थिए।

उनीहरुले यी विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग राखेका छन्।

यसैगरी राष्ट्रियसभाको बैठक पनि भोलि (सोमबार) सम्मबका लागि स्थगन भएको छ। नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा बोलेका कुरालाई लिएर एमालेले बैठक अवरुद्ध गरेपछि सोमबार १ बजेसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो। 

प्रकाशित मिति: १५:५० बजे, आइतबार, जेठ २१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्