Kathmandu Press

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

राष्ट्रपतिले विभिन्न देशका लागि ६ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

काठमाडाैं, जेठ २१ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपतिले विभिन्न देशका लागि ६ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

Hardik ivf

नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, अष्ट्रियाका लागि भरतकुमार रेग्मी, रुसी महासंघका लागि मिलनराज तुलाधार, डेनमार्कका लागि  प्रा.डा. राम स्वार्थ राय र इजिप्टका लागि सुशीलकुमार लम्साल रहेका छन्।

त्यसैगरी उल्लिखित राजदूत क्रमशः पौडेललाई ब्रुनाई दारुसलाम, काफ्लेलाई गणतन्त्र चिली, रेग्मीलाई क्रोएसिया, तुलाधारलाई गणतन्त्र काजखस्तान, रायलाई लितुआनिया र लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, जेठ २१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्