Kathmandu Press

राष्ट्रियसभाको बैठक पनि अवरुद्ध 

बैठक सुरु भए लगत्तै एमालेका सांसदले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको भन्दै संसद चल्न नदिने बताएका थिए।
राष्ट्रियसभाको बैठक पनि अवरुद्ध 

काठमाडौं, जेठ २१ : नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा बोलेका कुरालाई लिएर एमालेले राष्ट्रिय सभाको बैठक समेत अवरुद्ध गरेको छ।

प्रतिनिधिसभा बैठक पनि एमालेसहितका प्रतिपक्षी दलले अवरद्ध पारेका छन्। बैठक सुरु भए लगत्तै एमालेका सांसदले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको भन्दै संसद चल्न नदिने बताएका थिए।

Hardik ivf

यस्तै, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भूभाग बंगलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको भनेर दिएको अभिव्यक्तिका बिषयमा जवाफ दिनुपर्ने माग एमाले सांसदले गरेका थिए ।

एमालेले संसद अवरुद्ध गर्ने बताएपछि यस विषयमा सरकारलाई जवाफ दिन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रुलिङ गरेका थिए। रुलिङका बाबजुद सांसदको विरोध नरोकिएपछि राष्ट्रिय सभाको बैठक रोकिएको छ। 
 

प्रकाशित मिति: १४:०४ बजे, आइतबार, जेठ २१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्