Kathmandu Press

शरणार्थी प्रकरण : थुनछेक बहस एक साता लामो हुने 

थुनछेक बहसले बादी र प्रतिबादी तर्फबाट कम्तिमा एक साता लिने संभावना देखिएको छ। थुनछेक बहसका लागि प्रतिबादीलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। 
शरणार्थी प्रकरण : थुनछेक बहस एक साता लामो हुने 
Hardik ivf

काठमाडौं, जेठ २१ : नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा सरकारी वकीलको थुनछेक बहस सुरु भएको छ। बयान सकेर १८ जना प्रतिबादीको थुनछेक वहश शुरु भएको हो। 

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुनुवाई भइरहेको छ। सुनुवाइका लागि सरकारी वकिललाई इजलासले तीन दिनको समय दिएको छ। थुनछेक बहसले बादी र प्रतिबादी तर्फबाट कम्तिमा एक साता लिने संभावना देखिएको छ। थुनछेक बहसका लागि प्रतिबादीलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। 

पूर्व उपप्रधानमन्त्री एवम् एमालेका नेता टोपबहादुर रायमाझी, पूर्व गृह मन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण, पूर्व गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्र जित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत सुनुवाइमा उपस्थित छन् । 

प्रकाशित मिति: १३:४६ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्