राष्ट्रपतिको कदम नसच्याए सदन र सडकबाट पनि आन्दोलन गर्ने रास्वपाकाे चेतावनी
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेलको कदम नसच्चिएसम्म रास्वपाले सदन चल्न नदिने बताए।
काठमाडौं, जेठ २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएको छ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेलको कदम नसच्चिएसम्म रास्वपाले सदन चल्न नदिने बताए।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्नेबित्तिकै एमालेलगायत प्रतिपक्षी दलका सांसदहरु आआफ्नो ठाउँमा उभिएका थिए। त्यसपछि सभामुखले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए। गिरीले बोलिसकेपछि समाभुखले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न दिए।
परियारले नागिरकता विधेयक प्रमाणीकरण जरूरी रहे पनि तरिका गलत भएकाे उल्लेख गर्दै राष्ट्रपतिको कदम नसच्याएसम्म सदनबाट मात्र नभएर सडकबाट पनि आन्दोलन गर्ने चेतावनी दिए।

![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)