Kathmandu Press

प्रतिपक्षीकाे विराेधपछि संसद् बैठक एक घन्टाका लागि स्थगित

सांसदहरू छलफलका लागि तयार नभएपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।  
प्रतिपक्षीकाे विराेधपछि संसद् बैठक एक घन्टाका लागि स्थगित

काठमाडौं, जेठ २१ : प्रतिनिधि सभाको बैठक एक घन्टाका लागि स्थगित गरिएको छ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्नेबित्तिकै एमालेलगायत प्रतिपक्षी दलका सांसदहरु आआफ्नो ठाउँमा उभिएर विराेध जनाए।

नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया असंवैधानिक भएको भन्दै उनीहरूले प्रक्रियाअनसरुप विधेयक ल्याउनुपर्ने माग गरे।

सभामुखले एमालेका प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्न दिए र कार्यसूचीमा रहेर बैठक अघि बढाउन आग्रह गरे।

राष्ट्रपतिको कदम नसच्चिएसम्म  सांसदहरू छलफलका लागि तयार नभएपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।  

प्रकाशित मिति: १२:४७ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्