दुई पूर्वमहान्यायाधीवक्ता, वारका पूर्व र वर्तमान अध्यक्षले खाणको पक्षबाट बहस गर्दै
पूर्वगृहमन्त्री बालकृष्ण खाणबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्दैछन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए ।
काठमाडौं, जेठ २१ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षबाट २ पूर्वमहान्यायाधीवक्ता सहित दर्जन बढीले बहस गर्ने भएका छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्दैछन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए ।
त्यस्तै नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाणको पक्षमा बहस गर्दैछन् । बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधीवक्ता खातीले जानकारी दिए । त्यसबाहेक योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाणको पक्षबाट बहस गर्न नाम टिपाएको खातीले बताए । अघिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका वर्तमान अध्यक्ष हुन् ।
खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने बताए । ‘खाणको पक्षबाट बहस गर्न चाहने अधिवक्ता धेरैको संख्या धेरै छ । जानकारीमा आएअनुसार १८ जनाभन्दा धेरै अधिवक्ता छन् । तर, सबै अधिवक्ता बहसमा उत्रिन सम्भव छैन । काँटछाँट हुन्छ,’ खातीले भने ।
बहस गर्न चाहने धेरै रहेकाले काटछाट गरेर सूची तय गरिने उनले बताए ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

